स्थानीय निर्वाचनको उम्मेदवार तुरुन्तै टुंगो नलगाउन कांग्रेसको परिपत्र

  • नेपाल राष्ट्रिय दैनिक
  • April 5, 2022
congress nsSNoB9

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि तत्काल उम्मेदवार टुंगो लगाउन मातहतको कार्यसमितिलाई परिपत्र गरेको छ ।

पार्टीको वडा, नगरपालिका, क्षेत्रीय तथा जिल्ला कार्यसमितिले आगामी निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको बेला कांग्रेसले मौखिक परिपत्र जारी गरेको छ ।

नेपाली कांग्रेसको संवैधानिक व्यवस्था अनुसार वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार प्रतिनिधिसभाको क्षेत्रीय संसदीय समितिले छनोट गर्नेछ । त्यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जिल्ला समितिले छनोट गर्नेछ ।

नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार प्रदेश कमिटीले र महानगरका मेयर र उपमेयरको छनोट केन्द्रीय कार्यसमितिले गर्नेछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५