नेपालमाथि नाकाबन्दीको आरोप निराधार : चिनियाँ राजदूत

  • नेपाल राष्ट्रिय दैनिक
  • April 21, 2022
hou yanqi

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमाथि नाकाबन्दीको आरोप निराधार भएको बताउनुभएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले कोरोना महामारीका बावजुद नेपाल र चीनबीचको व्यापार पनि गत वर्षको तुलनामा ६३ प्रतिशतले बढेको भन्दै नाकाबन्दी निराधार रहेको बताउनुभएको हो।

कोरोना महामारीका कारण चिन – नेपाल सिधा उडान अवरुद्ध भएको र पुनः सञ्चालनका लागि छलफल भइरहेको र तातोपानी र रसुवागढी नाका हुँदै सीमापार व्यापार सुधार गर्न नेपाल र चीनको तिब्बत क्षेत्रका अधिकारीबीच एक महिनाभित्र बैठक बस्ने राजदूत यान्छीले बताउनुभयो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५