पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • April 10, 2022
Imran Khan

पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भए पश्चात संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनी प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्। ।

यसअघि गत आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिएका थिए।

अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका थिए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन समेत गरेका थिए।

तर पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गर्दै पुनर्स्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन पनि आदेश दिएको थियो।

प्रधानमन्त्री खानले अमेरिकी इशारामा सरकारविरूद्ध षडयन्त्र भएको आरोप समेत लगाएका छन्।

३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा खानको पाकिस्तान तेहरिक-ए इन्साफ पार्टीका १३३ सांसदमात्रै रहेको अवस्थामा उनलाई गठबन्धन दलका सांसदले समर्थन फिर्ता लिएका थिए भने केहि आफ्नै सांसदले पनि उनि विरुद्ध मतदान गरेको बुझिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५