समयमै ठेक्का पूरा नगरेको ६ निर्माण कम्पनी कालोसूचीमा

  • नेपाल राष्ट्रिय दैनिक
  • April 4, 2022
sarwajanik kharid ppmo

समयमै ठेक्का पूरा नगरेको भन्दै सरकारले ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले आइतबार सार्वजनिक सूचना जारी गर्दै टीबीई इनर्जी (इण्डिया) प्रालि कन्सोर्टियम (लिडर) र पीपी इन्डस्ट्रिज प्रालिलाई आगामी तीन वर्षसम्म निर्माण कार्यमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ ।

यस्तै चिराग कन्स्ट्रक्सन, कर्णाली बिल्डर्स, फैसल एन्ड अफजल कन्स्ट्रक्सन, कुशल देव निर्माण सेवा र टिटुङ कन्स्ट्रक्सन प्रालिलाई आगामी एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद ऐन, २००७ को दफा ६५ बमोजिम यस्तो निर्णय गरिएको पीपीएमओले जनाएको छ । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सरकारले आह्वान गरेको खरिद तथा निर्माण सेवामा सहभागी हुन पाउने छैनन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५