स्थानीय निर्वाचनमा लमजुङ जिल्लामा पनि चुनावी गठबन्धन गर्ने सहमती

  • नेपाल राष्ट्रिय दैनिक
  • April 5, 2022
Lamjung Talmel 814x1024 1

लमजुङ जिल्लामा सत्ता गठबन्धनका दलहरुले आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् ।

गठबन्धन दलको जिल्ला नेतृत्वबिच आज बसेको बैठकले लमजुङका आठ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयबारे जानकारी दिन जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति डा. टकराज गुरुङ, नेकपा माओवादी केन्द्रका संयोजक मधु अधिकारी (गुरुङ), एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारी र जसपाका अध्यक्ष गमबहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप सुमधुर सम्बन्ध कायम गर्न, गठबन्धन विरोधी आरोप प्रत्यारोप नगर्न, सामाजिक सन्जाल लगायत सञ्चारका माध्यमबाट गालीगलौज नगर्न आ–आफ्ना दलका नेता–कार्यकर्ताहरुलाई अपिलसमेत गरेको छ ।

Lamjung Talmel 814x1024 1
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५