उम्मेदवारीका लागि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने मुद्दाको वैशाख ४ मा सुनुवाइ हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 13, 2022
sarwochha


निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कायम गर्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटको सुनवाइ बैशाख ४ गते हुने भएको छ ।

बाहलवाला जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवारी दिँदा आफू बहाल रहेको पदबाट अनिवार्य रुपमा राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता विरुद्ध सर्वोच्चमा रिट परेपछी, आयोगको आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न यसअघि अदालतले अन्तरिम आदेश समेत जारी गरेको थियो । तर सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले आज महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएपछी,न्यायाधिशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलाशले आयोगको निवेदनमाथि बैशाख ४ गते सुनुवाइ गर्ने आदेश गरेको छ ।

आयोगले स्रोत र साधनको दुरुपयोग हुन सक्ने भन्दै स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिने जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्रै निर्वाचनमा उम्मेदवार बन्न पाउने आचारसंहिता लागू गरेको थियो ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५