पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएपनी पेट्रोल पम्पहरुमा भिड उत्तिकै

  • नेपाल राष्ट्रिय दैनिक
  • April 3, 2022
petrol line

पेट्रोलियम व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुने आशंकामा शनिबारदेखी बढेको भिड आज पनि उत्तिकै देखिएको छ ।

चैत ६ देखि ग्यासको पीडीओ खरिददेखि इन्धन लोडअनलोड बन्द गरेका पेट्रोलियम व्यवसायीले आयल निगमसँग शनिबार राति चारबुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका थिए ।सहमति पछि पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रमहरु स्थगन गरेको भए पनि पेट्रोल पम्पहरुमा सर्वसाधारणहरुको भीड भने उत्तिकै रहेको छ ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५