लेटाङ घटनामा संलग्न १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

  • नेपाल राष्ट्रिय दैनिक
  • April 13, 2022
download

लेटाङ घटनामा संलग्न भएको आरोपमा १५ जनाविरुद्ध आज जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। कर्तव्य ज्यान मुद्दाका १० जना अभियुक्त पक्राउ परेको तर ५ जनाको भने खोजी जारी राखिएको छ।

लेटाङ घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म ६७ जनालाई पक्राउ गरेर अनुसन्धानको गरेको छ। पक्राउ परेर अभियुक्त बनाइएकामध्ये १५ जना नाबालकविरुद्ध भने अदालतमै अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको छ।

छुट्टै कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका १ जना बालकलाई भने थुनछेक बहसपछि अदालतले मंगलबार नै अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो।अन्य २५ जना अभियुक्तविरुद्ध भने जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दा दर्ता गरिने भएको छ।

विधार्थी माथि भएको यौन दुर्ब्यबहारको घटनालाई लिएर विवाद बढ्दा, लेटाङ-५ मा गत चैत ६ गते भएको हिंसात्मक झडपमा महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। घटनाको प्रारम्भिक अनुसन्धानमा धारिलो हतियारको प्रयोगले मृत्यु भएको भनिएपनि अनुसन्धानको क्रममा प्रहरीले गोलि लागि हत्या भएको भनि पुष्टि गरेको छ। छात्रामाथि दुर्व्यवहारको आरोप लागेका शिक्षक पौडेलमाथि भने जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन प्रहरीले मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५