साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ४४ दशमलव ५६ अंकले घटेर २४१९ दशमलव ८० अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.८७ अंकले घटेको छ । कारोबार रकम रु दुई अर्ब नाघेको छ । दिनभर ४० हजार ५०७ कारोवारबाट २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ शेयर कारोबार भएको छ । जसमध्ये कारोबार रकम रु. २ अर्ब २६ करोड 7 लाख ८६ हजार ६२८ रुपैयाँ छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्