उम्मेदवारी दर्ता गर्नुअघि जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 19, 2022
voting

निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि स्थानीय तहका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ ।

सर्वोच्च अदालतले यसअघि निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि स्थानीय तहका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।

आजको सर्वोच्चको निर्णय अनुसार अब स्थानिय जनप्रतिनिधिले निर्वाचनमा मनोनयन दर्ता गर्नु अघि पदबाट राजिनामा दिनुपर्नेछ।

न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध दायर गरेको रिट खारेज गर्दै सो निर्णय गरेको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५