निर्वाचन आयोगले बोलाएको बैठकमा राजनीतिक दलका नेताहरुबीच विवाद

  • नेपाल राष्ट्रिय दैनिक
  • April 5, 2022
Nirbachan Aayog 1

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुबीच चर्को विवाद भएको छ ।

आयोगले वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन ७९ राजनीतिक दलसँग बैठक बोलाएको थियो ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आयोगले दलहरुलाई कुनै छलफल नगरी आचारसंहिता पालना गर्ने लिखित प्रतिबद्धतामा हस्ताक्षर गराउने प्रयासको विरोध गरेका थिए ।

दलका प्रतिनिधिले आपत्ति जनाउन थालेपछि बैठक केहीबेर प्रभावित भएको थियो । आयोगले दलका प्रमुखलाई छलफलका लागि आमन्त्रण गरेको भएपनि केही दलका प्रतिनिधिले बैठकमा केही दलका केन्द्रीय सदस्यसमेत रहेको भन्दै आपत्ति जनाएका थिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५