नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ चैत्र २०७८, शुक्रबार १६:२२
nepal bar

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । अध्यक्षमा व्यापक लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका घिमिरे ४ हजार ४ सय ३३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४८२ मत प्राप्त गरे । यस्तै बारको महासचिवमा घिमिरे समूहकी अञ्जिता खनाल विजयी भएकी छन् । खनालले ३६८२ मत प्राप्त गरेकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी केदारप्रसाद कोइरालाले २९८९ मत ल्याएका छन् ।

अन्य पदाधिकारी तथा सदस्यमा पनि घिमिरे प्यानल विजयी भएको छ । निर्वाचनमा नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा व्यावसायिक कानुन व्यवसायी समूह र व्यापक लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा भएको थियो ।
अध्यक्षसहित ११ पदाधिकारी र सदस्य रहेको २५ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५