नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन हेर्न नमिल्ने सूचीमा राखिएको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त मुद्दा हेर्न नमिल्ने भए पनि उनी सुनुवाइमा उपस्थित थिए ।
डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले एआईजीको बढुवाविरुद्ध रिट दायर गरेका थिए ।
मन्त्रिपरिषद् बैठकले डीआईजी धिरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्