पशु सेवा विभागले बर्डफ्लु तीव्र गतिमा फैलिन थालेपछि देशभर कुखुरा उत्पादनमा ठूलो असर परेको जनाएको छ ।
पशु सेवा विभागका महानिर्देशक रामनन्दन तिवारीले देशभर एभियन फ्लु नियन्त्रणबाहिर गएको बताउनुभएको छ । विभागले आयोजना गरेको अन्तरक्रियामा तिवारीले यो वर्ष मुख्यतया प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका कुखुरा, टर्की, काग लगायतमा विभिन्न प्रजातिमा फ्लुको असर परेको बताउनुभएको थियो ।
विभागका अनुसार मुख्यतया मोरङ, सुनसरी, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा, मकवानपुर, धनुषा र बारा जिल्लामा कुखुरा उत्पादनमा यो रोगले प्रभाव पारेको छ ।
बर्डफ्लु रोकथामका लागि सरकारी निकायले कुखुराजन्य उत्पादनको ढुवानीमा कडाइ गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्