जोर–बिजोर प्रणालीबारे काठमाडौं उपत्यकाका सिडिओले समीक्षा गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2022
Lock

काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयले जारी गरेको जोर–बिजोर प्रणालीको आदेशबारे समीक्षा गर्ने भएका छन् ।

शुक्रबार प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दै यसबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जारी गरेको जोर–बिजोर प्रणालीले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले यसबारे मिश्रित प्रतिक्रियाहरू आएका बताउनुभयो ।

यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षले पनि भोलिसम्ममा अर्को आदेश जारी गर्ने जानकारी दिनुभयो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५