नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौं महाधिवेशनले विधान मस्यौदामाथि उठेका प्रश्नको जवाफ सहितका सुझावहरु समेटेर विधान पारित गरेको छ ।
विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ, जसमा ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व रहने जनाइएको छ । २९९ जनको केन्द्रिय कमिटिमा १५ प्रतिशत मनोनित सदस्य रहने ब्यवस्था गरिएको छ ।
महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने र पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी रुपमा चयन गर्ने बताइएको छ ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्