खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौं उपत्यकावासीलाई मेलम्ची वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार आयोजनास्थलको स्थलगत निरिक्षण गर्न मेलम्ची पुगेका मन्त्री चौधरीले आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौताअनुसार निर्धारित मितिमै द्रुत गतिमा पूरा गर्न निर्देशन दिनुभएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्