मछिन्द्रलाई हराउँदै एपीएफ रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
aaha

विभागीय टिम नेपाल एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो । पोखरा रंगशालामा एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ, प्रदिप लामा र नविन लामाले एक एक गोल गरे ।

मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काए । खेलको २५ औं मिनेटमा सनिशले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । उनले मणि लामाको फ्रि–किकमा हेडरमार्फत गोल गरेका हुन् ।

तर, खेलको ४० औं मिनेटमा ओमोलाजाले गोल गर्दै मछिन्द्रलाई १–१ को बराबरीमा ल्याएका थिए । उनले कप्तान रंजित धिमालको फ्रि–किकमा हेडरमार्फत गोल गरेका हुन् ।

खेलको ६९ औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए । कप्तान नविन लामाको पासमा उनले उत्कृष्ट गोल गरे ।
यस्तै खेलको ७१ औं मिनेटमा करिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा मछिन्द्र १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा कप्तान नविनले गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए । आवाश लामिछानेले प्रहार गरेको बल मछिन्द्रका गोलकिपर सुर्य अधिकारीले बचाएपछि प्राप्त रिबाउन्डमा उनले सहजै गोल गरेका हुन् ।

एपीएफ १४ वर्षपछि आहा राराको फाइनल पुगेको हो । यस अघि २०६४ मा एपीएफले फाइनल खेलेको थियो । अब एपीएफले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५