प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वदलिय बैठक बस्दै छ ।
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ९ बजेको लागि सर्वदलीय बैठक बोलाउनु भएको छ ।
सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचनका साथ-साथै एमसीसी र संसद अवरोधको बिषयमा छलफल हुने बताइएको छ । यस अघीको सर्वदलिय बैठक भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गर्दै आएको छ र आज हुने भनिएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहभागिता जनाउने या नजनाउने भन्ने बिषयमा कुनै आधीकारीक जानकारी भने प्राप्त भएको छैन ।
आफ्नो प्रतिक्रिया दिनुहोस्