महाधिवेशनमा पराजित तीन नेता कांग्रेस केन्द्रिय सदस्यमा मनोनित ।

  • नेपाल राष्ट्रिय दैनिक
  • January 2, 2022
1200px Nepali Congress flag.svg e1643340403719

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको छ ।
१४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा पराजित कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, सभापतिमा पराजित कल्याण कुमार गुरुङ र महामन्त्रीमा पराजित प्रदीप पौडेल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा १० बमोजिम तिनै जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरिएको कांग्रेस प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

शनिबार मात्रै सभापति देउवाले १० जनालाई केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५