थ्री स्टारलाई हराउँदै आर्मी रारा गोल्डकपको सेमिफाइनलमा पुग्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • January 25, 2022
Aaha rara gold cup

विभागीय टिम त्रिभुवन आर्मी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन राजिब गुरुङले निर्णायक गोल गरे ।तर, आर्मीले जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो ।
खेलको ७० औं मिनेटमा राजिबले गोल गरेका थिए । थ्री स्टारका डिफेन्डरको गल्तिमा जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरेका हुन् ।
अब सेमिफाइनलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाँच पटकको च्याम्पियन थ्री स्टार भने बाहिरिएको छ ।
मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५