निर्वाचन आयोगद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 23, 2022
Nirbachan Aayog 1

निर्वाचन आयोगले पत्र जारी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने जस्ता शव्द र प्रावधानहरु हटाउन निर्देशन दिएको छ ।

संविधानको मर्म र भावना विपरित भएको भन्दै निर्वाचन आयोगले राप्रपालाई विधानमा राजसंस्था र सनातन हिन्दू राष्ट्रभन्ने शब्दावलिहरु नराख्न निर्देशन दिएको हो । त्यस्तै गरी पार्टिको झण्डामा गाईको चिन्ह पनि राख्न नपाउने भने आयोगले राप्रपालाई निर्देशन दिएको छ । बिभिन्न ८ वटा बुंदाहरु उल्लेख गरेर आयोगले पठाएको पत्रमा अध्यक्ष लिङ्देनले असहमती र आक्रोश जनाउंदै त्यसको जवाफमा आफुहरुले निर्वाचन आयोगलाई स्पष्टिकरण पत्र लेख्ने बताउनु भएको छ । संविधानमा सशस्त्र गतिविधि गर्ने राजनीतिक दल खोल्ने बाहेक वैचारिक आधारमा कुनै पनि दलहरुलाई प्रतिबन्ध लगाइने छैन भन्ने व्यवस्था भएकोले आयोगले पठाएको पत्र र निदेशन नै गैर संबैधानिक र संविधानको मर्म विपरित भएको अध्य्क्ष लिङ्देनले बताउनुभएको छ ।

raprapa letter 1
raprapa letter 2
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५