प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुको उपस्ठितीमा बसेको गठबन्धनको बैठकले आजको निर्णय अनुसार निर्वाचन आयोगसंग परामर्श गरेर स्थानीय तहको निर्वाचनको मिति तोक्ने, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ । जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न पनि गठबन्धनले सुझाव दिने निर्णय गरेको छ।
आज विहान निर्वाचनको मितिबारे भएको छलफल निष्कर्षमा नपुगेपछि कानुनविदसंग परामर्श गरेर दलहरु दोस्रो पटक आन्तरिक छलफलमा बसेका थिए ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्