नेपाल र अफ्रिकी राष्ट्र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार दर्शकलाई प्रवेश दिइने जनाएको छ ।
सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने एन्फाले जनाएको छ । नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । एन्फाले सामान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट दर राखेको छ । दुबै मैत्रीपूर्ण खेल ४ः४५ बजे सुरु हुनेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्