क्यानद्वारा आईसीसी ट्वान्टी-२० विश्वकपका लागि १६ खेलाडी छनौट

  • नेपाल राष्ट्रिय दैनिक
  • January 20, 2022
can nepal

आईसीसी ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ(क्यान) ले १६ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

आगामी फेब्रुअरी १५ देखि ओमानमा आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।
नेपालले विश्वकप छनोटको समूह चरणमा ओमान, क्यानडा र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यस पटक सन्दिप लामिछानेको नेतृत्वमा नेपालले विश्वकप छनोटको लागि प्रतिस्पर्धा गर्नेछ । टिममा पर्न सफल खेलाडिहरुमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम रहेका छन् । नेपाली टोलीका चर्चित भनिएका सोमपाल कामी भने यस पटक टिमबाट बाहिरिएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५