राष्ट्रिय सभामा गठबन्धनको वर्चश्व: १७ सदस्यसहित एमाले पहिलो शक्तिमा कायमै

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2022
rastriya sabhaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa 1

हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता सत्तागठबन्धनका १८ उम्मेदवार विजयी भएका छन् भने प्रदेश १ मा एक सिट जितेर एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको छ ।

राष्ट्रिय सभाको १९ पदको लागि सत्ता सत्तागठबन्धन सहितका नौ राजनीतिक दलबाट ४३ जनाले उम्मेद्बारी दिएका थिए । सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने आठ सिट बाँडेर संयुक्त उम्मेदवारी दिएका थिए । मधेस प्रदेशमा भने एमाले र लोसपा गठबन्धन गरेर चुनावमा उत्रिएका थिए ।

कुल तीन पदका लागि आठजनाले उम्मेदवारी दिएका प्रदेश १ मा गठबन्धनका दुई र एमालेका एक उम्मेद्वार विजयी भएका छन् ।महिलातर्फ गठबन्धनबाट एकीकृत समाजवादीकी जयन्ती राई र खुलातर्फ कांग्रेसका गोपाल बस्नेत र अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । अन्यतर्फ एमालेका गुरु बराल र कांग्रेसका गोपाल बस्नेतले बराबरी मत प्राप्त गरेपछी निर्वाचन आयोगले गोलाप्रथाबाट कांग्रेसका गोपाल बस्नेतलाई विजयी घोषणा गरेको हो ।

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार मोहम्मद खालिक सिद्दिकी र महिलातर्फ माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएका हुन् ।

त्यसैगरी गण्डकी प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् ।तीनजना सदस्यका लागि भएको प्रतिस्पर्धामा महिलातर्फ गठबन्धनकी उम्मेदवार कांग्रेसकी कमला पन्त, अन्यमा माओवादीका सुरेशकुमार आलेमगर र दलिततर्फ माओवादीकै भुवन सुनार विजयी भएका छन् ।

लुम्बिनीमा प्रदेशमा गठबन्धनका तीन उम्मेदवार विजयी भएका छन् । दाङको घोराहीमा भएको निर्वाचनको मतपरिणामअनुसार गठबन्धनअन्तर्गत कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राजमोका तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा विजयी भएका हुन् ।

कर्णाली प्रदेशमा पनि गठबन्धनका तीन उम्मेदवार, कांग्रेसकी दुर्गा गुरुङ, एकीकृत समाजवादीका उदयबहादुर बोहरा र माओवादीका नरबहादुर विष्ट विजयी भएका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।सुदूरपश्चिमबाट गठबन्धनका तीनैजना उम्मेदवार, महिला सदस्यमा एकीकृत समाजवादीका गरिमा शाह, दलितमा माओवादीका जगतबहादुर पार्की र अन्य समूहतर्फ सदस्यमा कांग्रेसका नारायणदत्त मिश्र निर्वाचित भएका हुन् ।

हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनसंगै नेकपा एमाले राष्ट्रिय सभामा ३१ सिटबाट १७ सिटमा खुम्चिएको छ । राष्ट्रिय सभाको आफ्नो वर्चश्व गुमाएको भएपनी १७ सिट सहित एमाले राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल कायम रहन सफल भएको छ । त्यसैगरी १५ सदस्यसहित माओवादी दोस्रो र १० सदस्यसहित कांग्रेस तेस्रो शक्तिको रुपमा रहेको छ । एकीकृत समाजवादी आठ सांसदसहित राष्ट्रिय सभाको चौथो शक्तिको रुपमा रहेको छ भने, राष्ट्रिय सभामा जसपाका तीन, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक, स्वतन्त्र एक र मनोनीत तीनजना सदस्य रहनेछन् ।

तस्विर : नयाँं पत्रीका

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५