माघ १५ गतेसम्मका लागि सिनेमा हलसहितका सबै मनोरञ्जन क्षेत्र बन्द

  • नेपाल राष्ट्रिय दैनिक
  • January 16, 2022
GyanendraKarki 20211004142835

कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले आगामी माघ १५ गतेसम्मका लागि सिनेमा हलसहितका सबै मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै माघ १५ गतेसम्म फिल्म हल, फुटसल,स्विमिङ पुल, जिमखाना, लगायत रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५