नेपालीलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक

  • नेपाल राष्ट्रिय दैनिक
  • January 21, 2022
Untitled 2

सरकारले नेपालीहरुलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुकहरुमा जान रोक लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछी सरकारले आगामी माघ १० गतेबाट नेपालीहरुलाई भिजिट भिसामा मलेसिया र अन्य खाडी मुलुकहरुमा जान रोक लगाउने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोख्रेलले आज एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी गराउनु भएको छ । खाडीका देश र मलेसियामा गएका नेपालीहरु विचल्लीमा परेको गुनासो आएपछि सरकारले भिजिट भिसामा नेपालीहरुलाई रोक लगाउने निर्णय गरेको बताइएको छ । अर्को सुचना जारी नहुंदा सम्म भिजिट भिसामा लगाइएको प्रतिवन्ध कायमै रहने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

griha notice22 68oIKBXjim
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५