कोरोना संक्रमणको बढ्दो जोखिमसंगै सर्वोच्च अदालतको सेवामा कटौती

  • नेपाल राष्ट्रिय दैनिक
  • January 19, 2022
sarbochcha adalat

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछी सर्वोच्च अदालतले आफ्नो सेवामा कटौती गरेको छ । सेवा कटौती गर्दै सर्वोच्च अदालतले अति आवश्यक मुद्दामा मात्र सुनुवाइ गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको मंगलबार बसेको पूर्ण बैठकले आज बाट माघ १८ गते सम्मका लागि अत्यावश्यक मुद्दामा मात्र सुनुवाइ गर्ने भएको छ ।बन्दी प्रत्यक्षीकरण तथा अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिटमा मात्र सुनुवाइ गर्ने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी गराउनु भएको छ ।तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही ,मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ भने सेवा कटौतीको अवधीभरी पनि जारी रहनेछ । जिल्ला अदालत र अन्य न्यायाधिकरणको हकमा भने स्थानिय परिस्थिती एवं जोखिमको अवस्था हेरेर काम कारबाही अगाडि बढाउन पनि सर्वोच्चले निर्णय गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५