विमोचन इभेन्टद्धारा सञ्चालित उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2022
bimochan 1

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको सात दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम आज समापन भएको छ ।

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि को सभाहलमा माघ ८ गते देखि सञ्चालित उद्घोषण तथा व्यक्तित्व विकास तालिम आज एक औपचारिक कार्यक्रम बिच समापन गरिएको छ । कोभिड १९ को सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको तालिममा चितवन र नवलपुरको विभिन्न स्थानबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले उद्घोषण तथा व्यक्तित्व विकास तालिमले समाजमा निकै सकारात्मक प्रभाव पार्ने र बोल्ने कलाको बिकास गर्न थप उर्जा प्रदान गर्ने बताउनुभयो । साथै, उहांले यस्ता सामाजिक कार्यक्रमहरुमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस सहकार्य गर्न सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

aabimochan

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि र सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्जे कुमार कायस्था लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

७ दिन सम्म संचालन भएको प्रशिक्षणमा चितवनका चर्चित सञ्चारकर्मीद्धय मनोज घिमिरे र प्रवेश अधिकारीले प्रशिक्षण दिनुभएको थियो । यस्तै, कार्यक्रममा सहभागिहरुलाई समापनको अवसरमा सफलताको शुभकामनासहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष विमोचन आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा उहाँले उद्घोषण तथा व्यक्तित्व विकास तालिम कार्यक्रम आगामी दिनमा पनि नियमित रुपमा संचालन गर्ने बताउनुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५