विमोचन इभेन्टद्धारा सञ्चालित उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2022
bimochan 1

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको सात दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम आज समापन भएको छ ।

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि को सभाहलमा माघ ८ गते देखि सञ्चालित उद्घोषण तथा व्यक्तित्व विकास तालिम आज एक औपचारिक कार्यक्रम बिच समापन गरिएको छ । कोभिड १९ को सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको तालिममा चितवन र नवलपुरको विभिन्न स्थानबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले उद्घोषण तथा व्यक्तित्व विकास तालिमले समाजमा निकै सकारात्मक प्रभाव पार्ने र बोल्ने कलाको बिकास गर्न थप उर्जा प्रदान गर्ने बताउनुभयो । साथै, उहांले यस्ता सामाजिक कार्यक्रमहरुमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस सहकार्य गर्न सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

aabimochan

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि र सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्जे कुमार कायस्था लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

७ दिन सम्म संचालन भएको प्रशिक्षणमा चितवनका चर्चित सञ्चारकर्मीद्धय मनोज घिमिरे र प्रवेश अधिकारीले प्रशिक्षण दिनुभएको थियो । यस्तै, कार्यक्रममा सहभागिहरुलाई समापनको अवसरमा सफलताको शुभकामनासहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष विमोचन आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा उहाँले उद्घोषण तथा व्यक्तित्व विकास तालिम कार्यक्रम आगामी दिनमा पनि नियमित रुपमा संचालन गर्ने बताउनुभएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५