आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा आज मछिन्द्र र एपीएफ भिड्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
machindra win1643023654 scaled

????????????????????????????????????

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ ।
पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मछिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोल अन्तरले हराएर एपीएफसँगको भेट पक्का गरेको हो । मछिन्द्र पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

एपीएफले बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५