भारतमा यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाले दियो चेतावनी

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
usa flag

जो बाइडेन प्रशासनले आफ्ना नागरिकहरूलाई भारतको भ्रमण नगर्न चेतावनी जारी गरेको छ ।

कोरोना, बलात्कार र जम्मू–कश्मीरमा बढिरहेको आतङ्कवादलाई मध्यनजर गर्दै भारतको कुनै पनि किसिमको भ्रमणमा पुनर्विचार गर्न आग्रह गरिएको हो ।

यो यात्रा परामर्श यस्तो समयमा आएको छ कि जब अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना मामिलालाई मध्यनजर गर्दै लेभल–३ स्तरको यात्रा र स्वास्थ्य सूचना जारी गरेको थियो । बाइडेन प्रशासनको तर्फबाट यो पनि भनिएको छ कि भारतमा बढ्दो बलात्कार अपराध मध्ये एक हो ।

अमेरिकाले आफ्नो यात्रा परामर्शमा भनेको छ,‘अमेरिकी नागरिक जम्मू कश्मीर राज्यमा आतङ्कवाद र नागरिक अशान्तिलाई मध्य नजर गर्दै यात्रा नगर्न सल्लाह दिएका छन् । भारत–पाकिस्तान सीमाको १० किलोमीटरको क्षेत्रमा नजान समेत आग्रह गरिएको छ । त्यहाँ सशस्त्र सङ्घर्षको आशङ्का व्यक्त गरिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५