बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • January 21, 2022
फाईल तस्विर

फाईल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सत्तागठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिले संघीय चुनाव गरिनुपर्ने प्रस्ताव राखेपछी आजको बैठकमा स्थानीय, संघीय र प्रदेशमध्ये कुन चुनाव पहिला गर्ने भन्ने बिषयमा छलफल गरिने बताइएको छ । साथै कोरोना महामारी,एमसिसी र संसद अवरोधका बिषयमा पनि छलफल गरिने सत्ता साझेदार दलका नेताहरुले बताएका छन ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा माओवादी केन्द्रबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल लगायतका ११ जना नेताहरुको उपस्थिती रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५