ललिता निवास प्रकरणका हाइप्रोफाइल विरुद्ध पक्राउ पुर्जी

  • नेपाल राष्ट्रिय दैनिक
  • January 1, 2022
thumb 4

जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा २२० जना उच्च पदस्थ अधिकारीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानको क्रममा २२० जनालाई पक्राउ गरी मुद्दा चलाउने अन्तिम तयारी गरेसंगै जिल्ला अदालतमा पक्राउ पुर्जीका लागि आग्रह गरेको र सोही आधारमा जिल्ला अदालतले २२० जना उच्च पदस्थ अधिकारीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो .ललिता निवासको जग्गा प्रकरणमा राजनीतिज्ञ देखी ठुला ब्यापारीसम्मको नाम मुछिएको भएपनी पक्राउ पुर्जी क-कसको नाममा जारी गरिएको हो भन्ने बिषय भने गोप्य राखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको, जसमध्ये १ सय ३६ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको निष्कर्षसहित प्रतिवेदन तयार गरेको छ । पक्राउ पुर्जी जारी भएको खबरपछी प्रकरणमा आरोपी भनिएका तत्कालीन भौतिक योजना मन्त्रालयका सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात भूमिगत भएको बताइएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसार २०६६/०६७ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला विशिष्ट व्यक्तिको निवास बनाउने नाममा समरजंग कम्पनीको जग्गा, बाटो, कुलोसमेत नक्कली मोही खडा गरेर व्यक्तिको नाममा जग्गा दर्ता गराइएको छ भने डा. बाबुराम भट्टराईको पालामा नक्कली टिकिन्छा पशुपति गुठी कायम गरेर मोही बनाई ३ रोपनी १२ आना जग्गा व्यक्तिको नाम दर्ता गराइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दा अझैपनी बिचराधिन अव्स्थामा रहेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५