बैशाखमा स्थानिय तहको निर्वाचन गर्ने सहमती

  • नेपाल राष्ट्रिय दैनिक
  • January 18, 2022
pm office copy1

प्रधानमन्त्री निवास बालुवाटारमा, सत्तागठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बसेको बैठकले बैशाखमा स्थानिय तहको निर्वाचन गर्ने सहमती गरेको छ ।

वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने भनी निर्वाचन आयोगले सरकारलाई रायसुझाव सहितको प्रतिवेदन बुझाइसकेको भएपनी आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले भने सोही मितिमा निर्वाचन गर्ने वा अघीपछीको कुनै मितिमा निर्वाचन गर्ने भन्ने बिषयमा भने कुनै निर्णय नभैसकेको बताएको छ । यधपी बैशाखमै स्थानिय तहको निर्वाचन गर्ने सहमतीमा आजको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक टुँगिएको छ ।

यस बिषयमा बिहीबार बस्ने मन्त्रिपरिषदको नियमित बैठकले थप छलफल गरेर निर्वाचनको मिति तय गर्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५