भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवद्वारा सीके राउतलाई ज्यान मार्ने धम्की

  • नेपाल राष्ट्रिय दैनिक
  • January 20, 2022
Renu Yadav

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने मनासयको अभिव्यक्ति दिनुभएको छ ।

बलिदानी दिवस मनाउन गौर पुग्नुभएकी यादवलाई सिके राउतका कार्यकर्ताले सडकमा अवरोध गरेपछी आक्रोशित मन्त्री यादवले सिके रावतलाई गौरमा फणा देखाउने प्रयास गरे राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिनुभएको हो । राइस मिल अझै पनि उस्तै छ र गौरका मान्छे तिम्रा लाठी भांच्न सक्षम छन्,फणा देखाउने प्रयास नगर नत्र तिमी र तिम्रा कार्यकर्ता घेराबन्दीमा मारिन सक्छौ भन्ने जस्ता अभिव्यक्ति दिंदै हिम्मत भए सिंहदरबार घेरेर देखाउने चुनौती समेत दिनुभएको हो ।
२०६३ सालमा तत्कालिन मधेसी जनअधिकार फोरम र माओवादीले गौरमा आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रमले हिंसात्मक रुप लिंदा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५