निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले स्थानीय निर्वाचनको मिति तोक्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
GyanendraKarki 20211004142835

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले स्थानीय निर्वाचनको मिति तोक्ने बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुबिच आज सांझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी जेठ मसान्तभित्र स्थानिय तहको निर्वाचन गर्ने निर्णयमा सहमती गरेपछी, सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय निर्वाचनको मिति तोक्ने भएको छ ।

सत्तारुढ गठबन्धनले आगामी जेठभित्र स्थानीय निर्वाचन गर्न सरकारलाई सुझाव दिएको र त्यसका लागी कुनै कानुनी अफ्ठ्याराहरू हुनगएमा कानुनमा समेत आवश्यक संशोधन गरेर जेठभित्रमा सरकारले स्थानीय निर्वाचन सम्पन्न गर्ने सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५