अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपात

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2022
Snowfall in New York Photo Reuters

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् ।

अत्यधिक हिमपातका कारण सडक, विद्युत र हवाई उडानहरु अवरुद्ध भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको अवधिमा करिब ६ हजार उडानहरु रद्ध भएका बीबीसीले जनाएको छ ।

नोइस्टर भनेर चिनिने हिम आँधीका कारण केही स्थानमा शनिबार साँझदेखि नै ६१ सेन्टिमिटर (दुई फिट)सम्म हिउँ जमेको थियो । साथै म्यासाचुसेट्सका झण्डै एक लाख घरहरुमा विद्युत आपूर्ति बन्द भएको थियो । म्यासाचुसेट्सको सबैभन्दा नराम्रोसँग केप कोड प्रभावित भएको छ ।

यो आँधी क्यारोलिनासदेखि मेनसम्म फैलिने आशंका छ । यो चिसो हावा समुद्रको तातो हावासँग मिसिने र वायुमण्डलमा नयाँ चापीय प्रणाली विकसित हुने अनुमान छ । यसो हुँदा ‘बम्ब साइक्लोन’ आउने बताइएको छ । विज्ञहरुले केही स्थानमा ऐतिहासिक हिमपात हुने र तटीय क्षेत्रमा बाढी आउने चेतावनी दिएका छन् । साथै अधिकांश स्थानमा अत्यधिक चिसो बढ्ने छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५