प्रदेश २ को राजधानी जनकपुर

  • नेपाल राष्ट्रिय दैनिक
  • January 17, 2022
province 2

दोस्रो पटकको प्रयासपछी प्रदेश २ को राजधानी जनकपुर कायम भएको छ ।

प्रदेशको राजधानी टुंगो लगाउनको निम्ती आज भएको मतदानले जनकपुरलाई प्रदेशको राजधानीको रुपमा टुंगो लगाएको छ । आज उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेका थिए । मतगणनाको अन्तिम नतिजा सुनाउंदै सभामुख सरोजकुमार यादवले प्रदेश २ को राजधानी जनकपुर कायम रहने घोषणा गर्नुभएको थियो ।

प्रदेशको नाम टुंगो लगाउने प्रस्ताव पनि केही समय पश्चात अगाडि बढ्न सक्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५