प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनका तीन शिर्ष नेताहरुबिच भेटघाट भएको छ ।
प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
भेटमा शिर्ष नेताहरुबिच निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधान अनुसार बनाउने विषयमा छलफल भएको बताइएको छ । साथै समसामयिक राजनीतिक बिषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्