पर्याप्त अनुसन्धान नभएको भन्दै सरकारी वकिल कार्यालयले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसनधान व्यूरोलाई नै फिर्ता पठाउने तयारी गरेको छ ।
ललिता निवास प्रकरणका आरोपीहरुलाई केन्द्रीय अनुसनधान व्यूरो (सीआईबी) ले कीर्तेको आरोपमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन पेश गरेको थियो । तर सरकारी वकिल कार्यालयले पर्याप्त अनुसन्धान नभएको भन्दै प्रतिवेदन फिर्ता गर्ने निर्णय गरेको छ । जग्गा किर्ते गर्नेलाई मात्र मुद्दा चलाऊनुको सट्टा प्रकरणमा कुनै पनि रुपमा जोडिएका सबैलाई मुद्दा चलाउने राय दिएर प्रतिवादीको संख्या बढाउन खोजिएको भन्दै सरकारी वकिल कार्यालयले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसनधान व्यूरोलाई नै फिर्ता पठाउने तयारी गरेको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्