अष्ट्रेलियामा आपतकालीन अवस्था घोषणा

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
61a20403bf053 australia

अष्ट्रेलियाली प्रान्त दक्षिण अष्ट्रेलियाले आपतकालीन अवस्थाको घोषणा गरेको छ। केही दिनअघि देखिको भारी वर्षा र आँधीपछि आगामी १४ दिनको लागि आपतकालीन घोषणा गरेको हो ।

केही दिनअघि देखि आएको असिना र वर्षाका कारण मेलबर्न र साउथ अष्ट्रेलियामा बाढी आएको बताइएको छ। अष्ट्रेलियाको विभिन्न भेग र समुद्री तट क्षेत्रमा अझै चट्याङसहितको वर्षा र आँधी आउने त्यहाँको मौसम विभागले जनाएको छ ।

आँधी र वर्षाका कारण सो क्षेत्रका अधिकांश मानिसहरु अन्धकारमा बसिरहेको अन्‍तर्राष्ट्रिय मिडियामा खबर छ । आँधी र वर्षाका कारण सो क्षेत्रमा ठूलो मात्रामा भौतिक क्षति भएको अनुमान गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५