चितवन राष्ट्रिय निकुञ्जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान

  • नेपाल राष्ट्रिय दैनिक
  • January 31, 2022
National Park

चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ ।

निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरादेखि सौराहासम्मका क्षेत्रमा राखिएका १० वटा क्यामेरा मर्मतको काम भइरहेको छ ।

कसरादेखि ध्रूर्वसम्म ११ वटा क्यामेरा नयाँ जडान र तीन वटा पुराना क्यामेरा मर्मतको काम भइरहेको उहाँले जानकारी दिनुभयो । ध्रूर्वदेखि भिम्लेसम्मका सात वटा क्यामेरा मर्मतका गर्नुपर्ने उहाँको भनाइ छ ।

तिवारीका अनुसार चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका क्षेत्रलाई उच्च प्राथमिकता दिँदै काम गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा थप तथा मर्मत गर्न लागिएका ती क्यामेरा संवेदशीलताअनुसार एक स्थानमा दुई वटासम्म राखिने छ ।

निकुञ्जभित्र गर्ने काम भएकाले निकुञ्जले समन्वय र सहजीकरणको काम गर्ने गरेको भन्दै उहाँले एक साताभित्र पुराना मर्मत र नयाँ जडानको काम सकिने बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु अपराध नियन्त्रण शाखाको समन्वयमा क्यामेरा जडान तथा मर्मतको काम गरिएको हो ।

चालू आवमा दुईवटा गैँडा चोरी शिकारीले मारेसँगै निकुञ्ज र वन्यजन्तुको संरक्षणका लागि क्यामेरा जडानको काम सुरु गरिएको हो । ती क्यामेराको नियमित अनुगमन निकुञ्जले गरिरहेको छ । रासस

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५