चितवन राष्ट्रिय निकुञ्जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान

  • नेपाल राष्ट्रिय दैनिक
  • January 31, 2022
National Park

चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ ।

निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरादेखि सौराहासम्मका क्षेत्रमा राखिएका १० वटा क्यामेरा मर्मतको काम भइरहेको छ ।

कसरादेखि ध्रूर्वसम्म ११ वटा क्यामेरा नयाँ जडान र तीन वटा पुराना क्यामेरा मर्मतको काम भइरहेको उहाँले जानकारी दिनुभयो । ध्रूर्वदेखि भिम्लेसम्मका सात वटा क्यामेरा मर्मतका गर्नुपर्ने उहाँको भनाइ छ ।

तिवारीका अनुसार चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका क्षेत्रलाई उच्च प्राथमिकता दिँदै काम गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा थप तथा मर्मत गर्न लागिएका ती क्यामेरा संवेदशीलताअनुसार एक स्थानमा दुई वटासम्म राखिने छ ।

निकुञ्जभित्र गर्ने काम भएकाले निकुञ्जले समन्वय र सहजीकरणको काम गर्ने गरेको भन्दै उहाँले एक साताभित्र पुराना मर्मत र नयाँ जडानको काम सकिने बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु अपराध नियन्त्रण शाखाको समन्वयमा क्यामेरा जडान तथा मर्मतको काम गरिएको हो ।

चालू आवमा दुईवटा गैँडा चोरी शिकारीले मारेसँगै निकुञ्ज र वन्यजन्तुको संरक्षणका लागि क्यामेरा जडानको काम सुरु गरिएको हो । ती क्यामेराको नियमित अनुगमन निकुञ्जले गरिरहेको छ । रासस

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५