निर्वाचन आयोगको अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि भोली बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने भएको छ । मतदान प्रकृयाको लागि आयोगले सम्पूर्ण तयारी पनि पुरा गरिसकेको जानकारी दिएको छ ।
केही मतदान केन्द्रहरुमा बुथ निर्माणको काम अझै पनि जारी रहेको र सो काम पनि आजै सकिने आयोगले बताएको छ ।मतदानको लागि सात प्रदेशको आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र रहने छ । प्रदेश १ मा दुई र अन्य प्रदेशहरुमा १-१ वटा मतदान स्थल रहनेछन। प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुनेछ । कुल १९ पदको लागि ९ वटा राजनीतिक दल बाट ४३ जना उम्मेद्वारहरु रहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्