स्थानीय निर्वाचनबारे गठबन्धनले अघि सारेको विकल्प संविधान सम्मत छैन : गगन थापा

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
gagan thapa

सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर मात्र निर्वाचनमा जाने भन्ने बिषयमा छलफल गरिरहंदा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनबारे अघि सारेको विकल्प संविधान सम्मत नभएको बताउनुभएको छ ।

अहिले जुन कोण बाट संविधानको व्याख्या गरेर स्थानिय निर्वाचनको सवालमा कानून संशोधन गरेर निर्णय गर्ने भन्ने कुरा आइरहेको छ त्यो संविधानसम्मत नहुने भन्दै महामन्त्री थापाले, कांग्रेसले यस्ता कुराहरु बोक्न नहुने बताउनुभएको छ ।

महामन्त्री थापाले सो कुरा पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि जानकारी गराएको र आज प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजे बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठकमा पनि राख्ने बताउनुभएको छ । आज बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफू आशावादी भएको बताउंदै थापाले भन्नुभयो,”गठबन्धनका नेताहरूले पनि यो कुरा बुझ्नु हुन्छ र संविधानसँग बाझिने गरी कुनै पनि काम गठबन्धनले गर्दैन भन्ने कुराको मलाई विश्वास छ ।”

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५