प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सत्तागठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा चलिरहेको छ ।
यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको बिषयमा छलफल भैरहेको जानकारी प्राप्त भएको छ । साथै कोरोना महामारी,स्थानीय तह निर्वाचन र संसद अवरोधका बिषयमा पनि छलफल गरिने सत्ता साझेदार दलका नेताहरुले बताएका छन ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसबाटै कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्यको रुपमा रहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्