बेइजिङ ओलम्पिकका लागि चीन पुगेका १२ जनामा कोरोना सङ्क्रमण

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
2022 Beijing Winter Olympics

चीनको सङ्घीय राजधानी बेइजिङमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम तीव्र छ। सहभागी आउने र परीक्षण गर्ने क्रम चलिरहेको र यो सङ्ख्या पछिल्लो २४ घण्टाको मात्रै भएको अधिकारीहरूले जनाएका छन्।

प्रतियोगिताका लागि बिहीबार रातिसम्ममा एक हजार ६८२ जना बेइजिङ आइपुगेका छन्। तीमध्ये एक हजार ४२ जना खेलाडी नै रहेका छन् भने ६४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन्।

प्रतियोगितामा सहभागी हुन आएका सबैको पीसीआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन्।

कोरोना भाइरसको महामारीका बीचमा ठूलो चुनौतीलाई सामना गर्दै आयोजना गरिएको प्रतियोगिता फेब्रुअरी ४ मा सुरु भई फेब्रुअरी २० मा सम्पन्न हुनेछ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५