काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको घरजग्गा र पोखराको गण्डकी संग्राहलय पनि बतासकै कब्जामा

  • नेपाल राष्ट्रिय दैनिक
  • January 7, 2022
anandaraj batash2022 01 07 07 36 40 1

राजनीतिक शक्ति र आर्थिक प्रभावको आडमा बतास समुहले देशको सांस्कृतिक र पुरातात्विक महत्वका संरचनामा कब्जा जमाउंदै आएक छ । नारायणहिटी दरबार क्षेत्रभित्रको गैर कानुनी रेस्टुरेन्ट काण्ड बाहिर आएपछी, एक पछी अर्को गर्दै बतास समुहले राजनीतिक शक्ति र आर्थिक प्रभावको आडमा चलाऊंदै आएको धन्दाको पर्दाफस हुंदैछ । नारायणहिटी दरबार परिसरमा होटेल सन्चालन गर्न लागेको बिषय बाहिर आउने बित्तिकै त्यस बिषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको छ ।

सो घट्ना लगत्तै बतास समुहले पाटन संग्रहालय विकास समितिको भवन र केही सटर पनि १५ बर्ष सम्मको लागि लिजमा लिएको र सेती नदी थुनेर ३५ वर्षसम्म रामघाटबाट ढुंगा–गिट्टी, बालुवा निकाल्ने तयारीको लागि पोखरा महानगरसंग मिलेमतोमा प्रकृया अगाडि बढाएको तथ्य बाहिर आएको थियो ।

त्यस्तै गरी बतास समुहले काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको २४ हजार स्क्वायर वर्गफिटको चारतले घर र पाँच रोपनी १० आना जग्गा ३५ वर्षका लागि विनाप्रतिस्पर्धा लिजमा लिएर ब्यापारिक प्रायोजनको लागि प्रयोग गर्दै आएको थाहाहुन आएको छ ।
भिम शमशेरकी नातिनी बुहारी बिद्या देवीले लक्ष्मीनारायणको मन्दिर स्थापना गरी, आफुहरूले कुलपूजा गर्ने गरी गुठीको नाममा दान गरेको जग्गा, मन्दिर सञ्चालक समितिले त्यही व्यापारीलाई बुझाएका हुन् । मन्दिर परिसरको जग्गा र भवन प्रतिमहिना १२ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी ३५ वर्षका लागि बतास समुहले लिजमा लिएको हो । विधानविपरीत त्यो पनि विना प्रतिस्पर्धा आर्थिक प्रलोभनमा परेर मन्दिर सञ्चालन समितिले मिलेमतोमा सो क्षेत्र बतासलाई बुझाएको खुल्न आएको छ ।

त्यतीमात्रै नभएर बतास समूहले पोखराको गण्डकी संग्रहालयको जग्गा र भवन पनि कब्जा गरेर बसेको छ । गण्डकी संग्रहालयसंगको १० वर्षको म्याद सकिएपछि संग्रहालयले पटक–पटक ताकेता गर्दा पनि बतासले छोड्न नमानेको र अहिले आएर राजनीतिक शक्ति र आर्थिक प्रभावको आडमा थप २५ बर्षको लागि म्याद थप्ने तयारी गरिरहेको थाहाहुन आएको छ ।

नाराणहिटी दरबार र पशुपतीको धर्मशाला देखी सेती नदी सम्म बतास समुहको कब्जा : लिन्क क्लिक गरेर यो पनि पढ्नुहोस् ।https://nepalrastriyadainik.com/trending/769/

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५