काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको घरजग्गा र पोखराको गण्डकी संग्राहलय पनि बतासकै कब्जामा

  • नेपाल राष्ट्रिय दैनिक
  • January 7, 2022
anandaraj batash2022 01 07 07 36 40 1

राजनीतिक शक्ति र आर्थिक प्रभावको आडमा बतास समुहले देशको सांस्कृतिक र पुरातात्विक महत्वका संरचनामा कब्जा जमाउंदै आएक छ । नारायणहिटी दरबार क्षेत्रभित्रको गैर कानुनी रेस्टुरेन्ट काण्ड बाहिर आएपछी, एक पछी अर्को गर्दै बतास समुहले राजनीतिक शक्ति र आर्थिक प्रभावको आडमा चलाऊंदै आएको धन्दाको पर्दाफस हुंदैछ । नारायणहिटी दरबार परिसरमा होटेल सन्चालन गर्न लागेको बिषय बाहिर आउने बित्तिकै त्यस बिषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको छ ।

सो घट्ना लगत्तै बतास समुहले पाटन संग्रहालय विकास समितिको भवन र केही सटर पनि १५ बर्ष सम्मको लागि लिजमा लिएको र सेती नदी थुनेर ३५ वर्षसम्म रामघाटबाट ढुंगा–गिट्टी, बालुवा निकाल्ने तयारीको लागि पोखरा महानगरसंग मिलेमतोमा प्रकृया अगाडि बढाएको तथ्य बाहिर आएको थियो ।

त्यस्तै गरी बतास समुहले काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको २४ हजार स्क्वायर वर्गफिटको चारतले घर र पाँच रोपनी १० आना जग्गा ३५ वर्षका लागि विनाप्रतिस्पर्धा लिजमा लिएर ब्यापारिक प्रायोजनको लागि प्रयोग गर्दै आएको थाहाहुन आएको छ ।
भिम शमशेरकी नातिनी बुहारी बिद्या देवीले लक्ष्मीनारायणको मन्दिर स्थापना गरी, आफुहरूले कुलपूजा गर्ने गरी गुठीको नाममा दान गरेको जग्गा, मन्दिर सञ्चालक समितिले त्यही व्यापारीलाई बुझाएका हुन् । मन्दिर परिसरको जग्गा र भवन प्रतिमहिना १२ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी ३५ वर्षका लागि बतास समुहले लिजमा लिएको हो । विधानविपरीत त्यो पनि विना प्रतिस्पर्धा आर्थिक प्रलोभनमा परेर मन्दिर सञ्चालन समितिले मिलेमतोमा सो क्षेत्र बतासलाई बुझाएको खुल्न आएको छ ।

त्यतीमात्रै नभएर बतास समूहले पोखराको गण्डकी संग्रहालयको जग्गा र भवन पनि कब्जा गरेर बसेको छ । गण्डकी संग्रहालयसंगको १० वर्षको म्याद सकिएपछि संग्रहालयले पटक–पटक ताकेता गर्दा पनि बतासले छोड्न नमानेको र अहिले आएर राजनीतिक शक्ति र आर्थिक प्रभावको आडमा थप २५ बर्षको लागि म्याद थप्ने तयारी गरिरहेको थाहाहुन आएको छ ।

नाराणहिटी दरबार र पशुपतीको धर्मशाला देखी सेती नदी सम्म बतास समुहको कब्जा : लिन्क क्लिक गरेर यो पनि पढ्नुहोस् ।https://nepalrastriyadainik.com/trending/769/

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५