अख्तियारद्वारा पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
hari khadka

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हरि खड्काविरुद्ध अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको आरोपमा मुद्दा दायर गरेको हो ।

खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी २०५५ कात्तिक १ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गर्दै, अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको छ । सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेल्दै आएका खड्काले शैक्षिक प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५