नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
हरि खड्काविरुद्ध अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको आरोपमा मुद्दा दायर गरेको हो ।
खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी २०५५ कात्तिक १ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गर्दै, अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको छ । सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेल्दै आएका खड्काले शैक्षिक प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्