नेता झलनाथ खनालले तत्कालिन ओली सरकारले एमसीसीको सहायक सम्झौता लुकाएको आरोप लगाउनुभएको छ ।
एमसीसी सम्झौताको चौतर्फी बिरोध भएपछी तत्कालिन प्रधानमन्त्री केपी ओलीले एमसीसी सम्झौता अध्ययन कार्यदल गठन गर्नुभएको थियो । भिम रावल र प्रदिप ज्ञावली सहित झलनाथ खनालको संयोजकत्वमा गठित ३ सदस्यीय कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ती दस्तावेज अध्ययनका लागि दिनुस् भनेर दर्जनौँ पटक अनुरोध र अनुनय–विनय गर्दा पनि पुरक सम्झौताका दस्तावेजहरु उपलब्ध नगराएको बताउनुभएको छ ।
तर हालको गठबन्धन सरकारले ति सबै दस्तावेज उपलब्ध गराएको भएपनी गठबन्धन भित्रै एमसीसीको बिषयमा साझा अवधारणा बन्न नसकेपछी देउवा सरकारले झलनाथ खनाल , नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्र बहादुर कार्की सहित गठन गरेको ३ सदस्यीय एमसीसी सम्झौता अध्ययन कार्यदलले कुनै पनि प्रतिवेदन बुझाउन सकेको छैन ।
आफ्नो प्रतिक्रिया दिनुहोस्